आन्दोलन स्थगित भएपछि सिमेन्ट उद्योग संचालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आन्दोलन स्थगित भएपछि सिमेन्ट उद्योग संचालन



काठमाडौं । घोराही सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण संरक्षण तथा सरोकार समिति र सिमेन्ट उद्योगबीच सोमबार ११ बुँदे सहमति भएको छ । दाङ उद्योग वाणिज्य संघका पदाधिकारीको मध्यस्थतमा भएको सहमतिपछि समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

आन्दोलन अन्तर्गत सोमबार समितिले उद्योगमा तालाबन्दी गरेको थियो । सहमतिपश्चात सोमबार नै ताला खोलिएको वार्तामा सहभागी नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासनले जानकारी दिए । वार्तामा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बनजाडे, वाणिज्य उपाध्यक्ष नारायणप्रसाद भुसाल, महासचिव दीपक सुवेदीले मध्यस्थकर्ता र प्रियासनले साक्षीको भूमिका निर्वाह गरेका थिए । उद्योगको तर्फबाट विकास शर्मा र अमर सुवेदी तथा आन्दोलनरत समितिको तर्फबाट भरतराज देवकोटा, तेजप्रसाद पोख्रेल, नमराज अधिकारी, मोहनलाल पुन, भीमबहादुर पुन र वसन्त घिमिरेले सहमतिमा हस्ताक्षर गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०५:४५