काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दास्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३५.५३ अंकले घटेर दुई हजार एक सय ३७ दशमलव ९२ विन्दुमा रोकिएको छ ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनी मध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीकोे शेयरमूल्य घटेको छ ।
यसमध्ये आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२३ प्रतिशतले बढेर प्रतिकित्ता १४७५.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।
Comment