काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय दोहोरो अंकले बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा) अमेरिकी डलर १ हजार २ सय ४६ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो आय १०.८ प्रतिशतले बढेर अमेरिकी डलर १ हजार ३ सय ८१ रहने अनुमान छ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय अमेरिकी डलर १ हजार ६ सय ८३ पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा यस्तो आय अमेरिकी डलर १ हजार ५ सय ५७ रहेको थियो।
त्यस्तै प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर कोभिड पूर्वको अवस्थामा पुगेको छ।
प्रतिव्यक्ति आय २०७६/७७ मा ०.२ प्रतिशतले घटेको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन (प्रचलित मूल्यमा)पछिल्लो दुई बर्षमा भने क्रमश: ८.९ प्रतिशत र १२.३ प्रतिशतले बढेको छ ।
आर्थिक बर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा १२.३ प्रतिशतले बढेर रु एक लाख ६४ हजार ५ सय ९८ रहने अनुमान छ । आर्थिक बर्ष २०७७/७८ मा यस्तो आय रु एक लाख ४६ हजार ५ सय २१ रहेको थियो । पछिल्लो दश बर्षको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनको औषत वृद्धि ९.७ प्रतिशत रहेको छ ।
Comment