काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.२१ अंकले घटेर दुई हजार २ सय दशमलव ८८ विन्दुमा रोकिएको हो ।
कारोबार रकममा पनि आज गिरावट आएको छ । आज एक अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ, १७८ कम्पनीकोे शेयरमूल्य घटेको छ भने एक कम्पनीको मात्र शेयरमुल्य स्थिर रहेको छ ।
त्यस्तै, आज गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६.४० प्रतिशत बढेर प्रतिकित्ता ११३७.५० रुपैयाँ पुगेको छ । साथै आज सर्वाधिक गुमाउनेमा मिथिला लघुवित्त रहेको छ । जसको शेयरमूल्य ५.८९ प्रतिशत रहेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त, तेह्रथुम पावर कम्पनी, प्रभु इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) को शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
Comment