एक बर्षका लागि राष्ट्रिय उत्पादकत्व बढाउने दशकको रुपमा लिऔं: गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक बर्षका लागि राष्ट्रिय उत्पादकत्व बढाउने दशकको रुपमा लिऔं: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारसँग दुई प्रकारको नीति लिएर अगाडी बढन् आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले ‘सफ्ट’ र ‘हार्ड’ नीतिको अवधारणामा जान उनले आह्वान गरेका हुन् ।

उनले विस २०७९ देखि २०८९ को दशकलाई राष्ट्रिय उत्पादकत्व बढाउने दशकको रुपमा लिन पनि सरकारलाई आग्रह गरेका छन् ।

थापाले धागो (कपडा उद्योग), जुत्ता, निर्माण सामग्री, कृषि/खाद्यान, वन, हस्तकला र नयाँ क्षेत्रलाई प्राथमिकता दिएर १० वर्षसम्म आन्तरिक लगानी बढाउने, विदेशी लगानी भित्र्याउने, साना मझौला उद्योगलाई प्रोत्साहन गर्ने निति ल्यायौ भने रोजगारी बढ्ने, आयात कम हुने, व्यापार घाटा कम हुने सुझाब दिए ।

साथै उनले विदेशमा गएका युवाले पठाएको विप्रेषणबाट हामीले कपडा, दैनिक भान्सामा चाहिने सामान किनेका छौ’ ‘नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश’ भएको टिप्पणी गरेका थिए ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १५:३०