नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साताको कारोबारको तेस्रो दिन आज (बिहिबार) २३.५१ अंकले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा रोकिएको छ ।

त्यसैगरी, आज कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ, १६९ कम्पनीकोे शेयरमूल्य घटेको छ भने दुई कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । आज जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७.४५ प्रतिशतले बढेर प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ ।


त्यस्तै, आज लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज ७.०८ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रोमोटर शेयरको भएको छ । यस कम्पनीको आज १२ करोड ८१ लाख ७९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १५:३६