विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी माग गर्दै प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी माग गर्दै प्रदर्शन



काठमाडौं । पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयूक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि भएलगत्तै संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा पुगेर अविलम्व खारेज गर्न माग गरेका हुन्।

जनताको जीवन नै धान्न नसक्नेगरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खारेज गर्नुपर्ने मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।

विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘जनता मार्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन, मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार १४:५४