बैंक तथा वित्तीय क्षेत्रको कर्पोरेट ट्याक्स घटाउनुपर्छ : चन्द्र ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक तथा वित्तीय क्षेत्रको कर्पोरेट ट्याक्स घटाउनुपर्छ : चन्द्र ढकाल



काठमाडौं । सोमबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारी संस्थानमा निजी क्षेत्रको स्वामित्वको व्यवस्था हुनुपर्ने सरकारसंग माग गरेका छन् ।


कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले औपचारिक माध्यमबाट रेमिट्यान्स नपठाउनेलाई पासपोर्ट नवीकरण नगर्ने व्यवस्था हुनुपर्ने बताए । उनले रेमिट्यान्स पठाउने व्यक्तीलाई बैदेशिक राेजगारमा जादाँ लाग्ने राजस्व छुटगरे सहज रुपमा रेमिट्यान्स भित्र्याउन सहयाेग पुग्ने बताए ।

यस्तैगरी, उनले हाल बैंक तथा वित्तीय क्षेत्रमा ट्याक्स २५ प्रतिशत रहेको बताउदै आगामी आर्थिक बर्षको बजेटमा बैंक तथा वित्तीय क्षेत्रको कर्पोरेट ट्याक्स घटाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार १३:०७