काठमाडौ । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६,जोरपाटीमा सदस्य सेवा केन्द्र उद्घघाटन गरेको छ । बैशाख ५ गते सोमबार केन्द्रको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश अर्यालले उद्धघाटन गरेका हुन् ।
वडा अध्यक्ष अर्यालले सहकारी संस्थाहरुले बित्तिय अनुशासन कायम गर्नु पर्नेमा जोड दिए । उनले बाबियाखर्क साकोसले संचालन गरेको जोरपाटी सदस्य सेवा केन्द्रले आदर्श सहकारीको पहिचान कायम गर्नेमा आफु बिश्वस्त रहेको बताए ।
बाबियाखर्क साकोसका अध्यक्ष ऋषिराज घिमिरेले सदस्य सेवा केन्द्रले बित्तिय कारोवारका अतिरिक्त स्थानिय सरोकारवाला निकायहरुसंग मिलेर सामाजिक कार्यक्रम संचालन गरी समुदायमा सहकारीको पहिचान कायम गर्ने प्रतिवद्धता ब्यक्त गरे । सेवा केन्द्र उदघाटनका अवसरमा स्थानिय जनप्रतिनिधिहरु,टोल बिकास समितिहरु र सहकारी संस्थाहरुका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
Comment