ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ७२ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ७२ करोड



काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७३ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सार्वजनिक गरेको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको यही अवधिको तुलनामा ४.१३ प्रतिशत बढी नाफा गरेको हो ।

आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले यो ९ महिनामा करिब पौन ३ अर्ब रूपैयाँभन्दा बढी गर्नुको मुख्य कारण हो, खुद ब्याज आम्दानी बढाउनु । यसबीचमा बैंकको खुद सञ्चालन मुनाफा बढेर ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

जसको कारण हो, खुद ब्याज आम्दानी ६ अर्ब ८७ करोड २ लाखबाट उल्लेख्य सुधार भइ ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुर्‍याउन बैंक सफल हुनु ।

खुद मुनाफामा उल्लेख्य उपलब्धि हासिल गरेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

९ महिनामा बैंकले १३.८ प्रतिशतले कर्जा विस्तार गरेर २ खर्ब ६० अर्ब रूपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेप सामान्य दरले बढेर २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

२३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्तापुँजी भएको ग्लोबलले रिर्जभमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ राखेको छ ।

नाफा बढेपनि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १.१७ रूपैयाँले घटेर २०.८८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४९.४५ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार ०८:२४