गुँरास लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बीमा

गुँरास लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ३ मा बसोबास गर्ने सुमन राना मगरको परिवारलाई बीमा दाबी भुक्तानी गरेका छन् । जीवन बीमा गरेर निधन भएका मगरको इच्छाएको व्यक्ति श्रीमान् ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको ५ लाख ९३ हजार ३ सय २० रुपैयाँको चेक प्रदान गरिएको हो ।

गुँरास लाइफ इन्स्योरेन्स नारायणगढ शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमले चेक हस्तान्तरण गरे । मगरको केही समय अगाडि क्यान्सर रोगको कारण निधन भएको थियो । उनले २ वर्ष अगाडि सिनिएर एजेन्सी म्यानेजर कमला सुनारीमार्फत ५ लाखको सावधीक जीवन बीमा गरेकी थिइन् ।

सो अवसरमा शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागि महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १६:०० 15 April, 2022 4:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।