सिप्रदि ट्रेडिङले ल्यायो९० प्रतिशतसम्मको फाईनान्स सुबिधा सहितको नयाँ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिप्रदि ट्रेडिङले ल्यायो९० प्रतिशतसम्मको फाईनान्स सुबिधा सहितको नयाँ योजना



काठमाण्डौ।  गाडी चढ्ने सोंच भएकाहरुका लागी सिप्रदि ट्रेडिङले ९० प्रतिशतसम्मको फाईनान्स सुबिधा सहितको नयाँ योजना ल्याएको छ ।  टाटा मोटरको नेपालको आधिकारिक बिक्रेता समेत रहेको सिप्रदी ट्रेडिङले टाटाको प्रि– बजेट घोषणा योजना सार्वजानिक गरेको हो ।

यस योजना अनुसार कम्पनीले ग्राहकहरुका लागी ९० प्रतिशतसम्म फाइनान्सको सुविधा दिनेछ । कम्पनीले ग्राहकहरुको सुविधाका लागि तुरुत्नको तुरुन्तै फाइनान्स सुविधा, बैक कागजपत्रको सेवा शुल्क तथा अन्य प्रि–पेमेन्ट शुल्क नलाग्ने जनाएको छ । कम्पनीले इन्डिका, स्र्टोम, सुमो मोभस गाडीको खरीदमा योजना लागु हुने जनाएको छ । बजेटपछि सवारी साधनको राजस्व बढ्ने भएकोले महँगिने भएकोले कम्पनीहरुले प्रि–बजेट योजना ल्याउने गर्छन् ।

प्रकाशित : 15 June, 2015 10:16 am