आईडीएले दिने १८ अर्ब ऋण स्वीकार्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आईडीएले दिने १८ अर्ब ऋण स्वीकार्ने सरकारको निर्णय



काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट सहुलियत ऋण लिने भएको छ । बैठकले करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोगी निकाय युएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड) रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै बैठकले १८ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। ‘विश्व बैंक समूहका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर( करिब १८ अर्ब) रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको हो ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १४:४५