काठमाडौ १० कातिक। विश्वकै ख्यातिप्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले प्रकाशित गरेको आगामी वर्ष घुम्नै पर्ने विश्वका १० उत्कृष्ट गन्तव्यको सूचिमा नेपाल पाँचौ स्थानमा परेको छ ।
अनुपम प्राकृतिक सुन्दरताको खानी नेपाललाई सन् २०१७ मा घुम्नैपर्ने १० देशको सूचिमा राखिएपछि यसले देशको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग मिल्ने पर्यटनविदहरुले बताएका छन् ।
यो सूचिमा नेपाल भन्दा अगाडि क्रमशः क्यानडा, कोलम्बिया, फिनल्याण्ड, डोमिनिका रहेका छन् । नेपाल भन्दा पछाडि क्रमशः बर्मूडा, मंगोलिया, ओमन, म्यानमार र इथोपिया परेका छन् ।
अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्ने गर्छ ।
नेपाललाई पाँचौ स्थानमा राख्दै लोन्ली प्लानेटले महाभूकम्पले समेत नेपालको पर्यटन उद्योगलाई बर्बाद नपारेको भन्दै प्रंशसा गरेको छ । घुम्न लायक धेरै स्थान बाँकी रहेका उल्लेख गर्दै यो साइटले विश्वका पर्यटकहरुलाई नेपाल घुम्न उक्साएको छ । साइटमा केही पुरातात्विक महत्वका मठ मन्दिर भत्किए पनि धेरै सुन्दर भूभाग बाँकी नै रहेका र लोकप्रिय पदमार्गहरु समेत रहेका कारण नेपाल विश्वका पर्यटकको नजरमा परेको स्पष्ट पारेको छ ।
Comment