ग्रीन भेन्चर्सको आइपिओमा आवेदन दिन आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीन भेन्चर्सको आइपिओमा आवेदन दिन आज अन्तिम दिन



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद शुक्रबार (आज)बाट सकिने भएको छ । फागुन १६ गतेसम्म निष्कासित आईपीओमा आवश्यक माग नपरेपछि २३ गतेसम्म आवेदन दिने समय थप गरेको कम्पनीले थपेको समय अगाबै निकाष्कन बन्द गर्न लागेको हो ।

कम्पनीले सूचना जारी गर्दै आज बैंकिङ समयपछि कम्पनीको आईपीओमा आवेदन दिने समय सकिने जानकारी दिएको हो ।

कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त आईपीओ विक्री खुला गरेको थियो ।

निष्कासित शेयरमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार ०७:५६