काठमाडाैं । सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीकाे माघ १८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
Comment