काठमाडौं । आफ्ना बीमितको कोभिड संक्रमणका कारण ज्यान गएपछि युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा रकम हस्तान्तरण गरेको छ । बीमित स्व. अनु लामाकी आमालाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको हो। कम्पनीको भैरहवा शाखाले स्व. अनुकी आमा लेमकुमारी लामालाई उक्त दाबी भुक्तानी गरेको हो ।
कम्पनीले बुटवल उपमहानगरपालिका ७ मा बस्दै आएकी लेमकुमारी लामालाई माघ २ गते २६ लाख ४० हजार रुपैयाँ चेक मार्फत दाबी भुक्तानी गरेको हो । मृतक लामाले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख बिमाङ्क रकमको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा गरेकी थिइन् ।
एरिया म्यानेजर शिव कुमाल तथा शाखा प्रमुख राजकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानी प्रक्रिया सम्पुर्ण कागजातहरु पूरा भएको केहि दिन भित्रै दाबी भुक्तानी प्रदान गरिएको हो ।
Comment