नेप्सेमा २७ अंकको बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा २७ अंकको बढ्यो



काठमाडाै  १० असोज । साताको दोस्रो दिन आज नेप्से २६ दशमलव ४६ अंकले बढेर १ हजार ७ सय ५७ दशमलव १० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सिटिभ इन्डेक्स ५ दशमलव ९२ अंकले बढेर ३ सय ८० दशमलव शुन्य ९६ को बिन्दुमा कारोबार बन्द भएको छ । आज १ सय ३२ वटा कम्पनीहरुको ५ हजार ९३ वटा शेयर कारोबारबाट ११ लाख ४१ हजार ७६१ कित्ता शेयर खरिद बिक्री भई १ अर्ब ७६ करोड १३ लाख ८ हजार ५ सय ७६ रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा कारोबार भएका सबै समूह बढेका छन् । आजको कारोबारमा सबैभन्दा बढी वृद्धि बीमा समुहमा भएको छ । यो समूह आज ८७ दशमलव २ अंकले बढेको छ । त्यस्तै बैंकिंग समुह ३१ दशमलव १८ अंकले, बीमा समुह ३४ दशमलव ३३ अंकले, उत्पादक तथा प्रशोधन समुह ३९ दशमलव ७६ अंकले, विकास बैंक समूह १८ दशमलव ०२ अंकले, जलविद्युत समुह २१ दशमलव ७३ अंकले, होटल समूह ५४ दशमलव १६ अंकले, फाइनान्स समुह ७ दशमलव १४ अंकले र अन्य समूह ९ दशमलव ५४ अंकले बढेको छ ।

कारोवारको आधारमा सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । जसको २२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल बङ्गलादेश बैंकको १० करोड ४७ लाख ७८ हजार रुपैयाँ कारोबार भएको छ ।

सर्वाधिक कमाउनेमा ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ता रहेका छन् । यो समूहको शेयर मुल्यमा ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै सर्वाधिक गुमाउनेमा पोखरा फाइनान्स लिमिटेड रहेको छ । यसको ५ दशमलव ३६ प्रतिशतले शेयर मुल्यमा गिरावट आएको छ ।

प्रकाशित : १० आश्विन २०७३, सोमबार १४:३५