नेपालमा भारतीय गणतन्त्र दिवस : ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहार दिने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपालमा भारतीय गणतन्त्र दिवस : ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहार दिने तयारी



काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७३ औं गणतन्त्र दिवस मनाएको छ ।

बुधबार नेपालका लागि भारतीय राजदूत श्विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए ।

भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरे ।

सो अवसरमा मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा कार्यक्रमको आयोजना गरिएको हो ।

आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् । नेपालमा माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ ।

नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।दूतावासका सामाजिक सञ्जाल ह्याण्डलहरु मार्फत उक्त कार्यक्रम लाइभ प्रसारण गरिएको थियो ।

प्रकाशित : १२ माघ २०७८, बुधबार १३:१४