ओरालो लाग्यो मुक्तिनाथ विकास बैंकको नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ओरालो लाग्यो मुक्तिनाथ विकास बैंकको नाफा



काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमास सम्ममा ६० करोड २४ लाख खुद नाफा गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २.१४प्रतिशत ले कम हो ।

बैंकको खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि २५.५९ रुपैयाँ बाट घटेर २१.३० रुपैयाँ कायम भएको छ । व्याज आम्दानीमा ५१.७७प्रतिशत को वृद्धि भएपनि अन्य संचालन खर्च बढेकोले बैंकको खुद नाफामा गिरावट आएको हो।

५ अर्ब ६५ करोड चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष साढे १७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड पुगेको छ। बैंकको कुल शेयरधनी कोषमा ७ अर्ब ३७ करोड जम्मा भएको छ ।

बैंकले दोश्रो त्रैमाससम्ममा ९९ अर्ब ३५ करोड निक्षेप संकलन गरी ८९ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ३२.७० र ४३.५१ प्रतिशतले बढेको हो। बैंकको निष्कृय कर्जा अनुपात ०.२६ प्रतिशत छ ।

प्रकाशित : ९ माघ २०७८, आईतवार ११:००