शुक्रपथ बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, सेवा विस्तारलाई प्रभावकारी बनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुक्रपथ बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, सेवा विस्तारलाई प्रभावकारी बनाउने



काठमाडाैं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षता सम्पन्न साधारण सभामा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका कोषाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले काठमाडौं उपत्यका र बाहिर गरी १० स्थानबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको र छिट्टै उपत्यका बाहिर थप २ स्थानमा सेवा केन्द्र विस्तार गरी सेवा प्रवाह गर्ने बताए । सदस्य केन्द्रित कारोबार गर्दै आएको संस्थाले सदस्यको बचतको सुरक्षा गरी उत्पादनशिल क्षेत्रमा लगानी गरी देशव्यापी रुपमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी २० करोड ५२ लाख ६३ हजार रुपैयाँ रहेको छ भने विभिन्न कोषमा ३ करोड ७६ लाख १ हजार रुपैयाँ रहेको छ । त्यस्तै १ अर्ब ४१ करोड ८२ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५९ करोड २७ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गर्न संस्था सफल भएको छ ।

२२ करोड ५५ लाख रुपैयाँ बाह्य ऋण रहेको संस्थाको कर्जा जोखिम कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाले सञ्चालन मुनाफा ७६ लाख २६ हजार रुपैयाँ गर्न सफल भएको छ ।

प्रकाशित : ११ पुष २०७८, आईतवार १२:२०