काठमाडौं । लक्ष्मी ग्रपले ४८ वर्ष पुरा गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा शुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८ औ स्थापना दिवस मनाएको हो ।
लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । लक्ष्मी ग्रुप नेपालमा विश्वशिलो, स्थापित र व्यबस्थापित कम्पनीको रुपमा सेवा, रोजगारि प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ ।
आज लक्ष्मी ग्रपले ४८ वर्ष पुरा गरिरहदा कन्फेन्नरी, प्लाष्टिक, डेरी, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स र स्टिलका साथै अनि अन्य थुप्रै छेत्रमा लगानी गरिरहेको छ । र भविष्यमा अन्य थुप्रै छेत्रमा लगानी गर्ने तयारीमा रहेको छ ।
पुस ५ एलिस रिसेप्सन कार्यक्रममा लक्ष्मी ग्रुप अन्तर्गतको सम्पूर्ण कम्पनीहरुबाट कर्मचारीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रमको उदघाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले गरेका थिए ।
उक्त कार्यक्रममा लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो र खेलकुद सप्ताहमा बिजेता हुनुभएको खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।
हरेक वर्ष पुष ५ लाई मध्यनजर गरेर समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गरेको छ । सोमबार रक्तदान कार्यक्रम कार्यालयको आफ्नै आँगनमा भव्य तरिकाले संचालन गरेका थियो जसमा ६५ जना रक्तदाताहरुले रक्त दान गरेको कम्पनीले जनाएको छ ।
यसैगरी लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्यान सामग्री,टोपी र मस्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो ।
Comment