नाडको अध्यक्षमा थापा विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अटो

नाडको अध्यक्षमा थापा विजयी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुब्रवहादुर थापा विजयी भएका छन् । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको अध्यक्ष बन्न पुगेका हुँन ।

अन्तिम मतगणनाअनुसार अध्यक्षमा विजयी थापाले कुल १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत मात्रै प्राप्त गरेका थिए । अध्यक्षमा थापा निर्वाचित भएतापनि अन्य पदाधिकारीमा चौधरी पक्षले बहुमत ल्याएका छन् । नाडाको १७ कार्यसमिति सदस्यमध्येमा चौधरी पक्षबाट १२ र थापा पक्षबाट ५ जना विजयी भएको नाडा निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार सदस्यमा करण चौधरीको प्यानलबाट मिलनबाबु मल्ल १४ सय ६५, अनुप कुमार बराल १४ सय ६३, राजनबाबु श्रेष्ठ १४ सय ५७, सुरेन्द्र कुमार उप्रेती १४ सय ३२, सुनिल रिजाल १४ सय २, अभिक ज्योति १३ सय ८३, प्रकाश कपुरी १३ सय ७९, विक्रम सिंघानियाले १३ सय ७१ मत र गोपाल भट्टराईले १३६५ मत पाएर विजयी भएका छन्।

त्यस्तै निलमणि पाठक १३ सय ५४, वरदान बस्नेत १३ सय ५० र पंकज अग्रवालले १३ सय ३४ मत पाई विजयी भएका छन्। यी सबै करण चौधरीको प्यानलबाट प्रतिस्पर्धा गरेका उम्मेदवारहरु हुन्।

ध्रुव थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ५५, कपिल शिवाकोटी १३ सय ४८, प्रदिपमान प्रधान १३ सय ४६ र आकाश गोल्छा १३ सय ३९ मत पाई विजयी भएका छन्। कुल ३२ सय सदस्य रहेको नाडामा २७ सय ८८ मत खसेको थियो ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार ११:३९ 10 December, 2021 11:39 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।