एनएमबी बैक एशियाकै उत्कृष्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबी बैक एशियाकै उत्कृष्ट बैंक



काठमाडौं । एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो।

बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको जनाएको हो । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले सबैको मेहेनत र विश्वासले बैंकले यो अवार्ड पाउन सफल भएको बताए । उनले भने, ‘यो १३ वर्षमा यसमा सबैको मेहनत र विस्वासले नै गर्दा एनएमबि बैंकले आज यो अवार्ड पाउन सफल भएको छ।’

सन् २००८ सालमा ग बर्गको फाइनान्स कम्पनिको रुपमा उदाएको एनएमबी बैंकले १३ वर्षमै उत्कृष्ट सेवा दिएर एशियामै सर्वोकृष्ट बन्न सक्छन् भन्ने उदाहरण दिनु सबैको लागि गर्वको कुरा हो ।

“२०/२५ वर्ष पुराना बैंक बैंकलाई उछिनेर एनएमबि बैंक लगातार बैंक अफ दि ईयर पाउन सफल भएको सीईओ केसीले बताए । सीईओ केसीले संचालक समिति र म्यानेजमेन्ट टिमको अथक मेहनत र ग्राहाकको विश्वासको कारण आफुहरुले उक्त अवार्ड पाउन सफ भएको बताए ।

हाइड्रोपावरको लगानीमा फोकस, नेपाललाई आत्मा निर्भर बनाउने कुरा, तरलता संकट भएको बेला विदेशबाट कर्जा ल्याउने पहिलो एनएमबी बैंक रहेको उनले स्मरण गरे ।

अवार्ड पाएसंगै बैंकलाई सबैले गर्व गर्न लायक बैंक बनाउनु आफ्नो जिम्मेवारी थप भएको महसुस भएकोले त्यसै अनुसारको काम गर्ने बताएका छन् ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार २०:४६