म्याद सकिएको नारायणी पुल खचाखच « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

म्याद सकिएको नारायणी पुल खचाखच



भरतपुर । नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ । यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ ।

यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ । यसलाई सार्वसाधारणले जोखिमपूर्ण मानेका छ। नारायणाी नदीमाथिकाे याे पुल ४२० मिटर लामाे छ । याे पुल २०३७ सालमा  निर्माण भएकाे थियाे ।

यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए । तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ । महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ ।
यसैबीच झापा र कंचनपुरबाट महाधिवेशनका लागि हिडेका प्रतिनिधि र सर्वसाधारण अझै आइपुगेका छैनन् । 

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १४:१३