ओलीको आर्शिवाद थाप्दै बीएण्डसीका संचालक दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ओलीको आर्शिवाद थाप्दै बीएण्डसीका संचालक दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा !



चितवन । झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । हजुरबा (उनको भाषामा केपी ओली) को आर्शिवाद थाप्दै सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुँन ।

नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका हुन् । प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।


एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीको संगठित सदस्यता लिएको १० वर्ष पुगेको, केन्द्रीय विभाग वा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको योग्यता चाहिने भनेको छ ।

तर प्रसाईंको भने यी कुनै पनि योग्यता पुग्दैन । प्रसाईंले भने आफू एकता प्रक्रियाबाट आएको र हजुरबा (उनको भाषामा केपी ओली)को आर्शिवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

प्रकाशित : 26 November, 2021 12:20 pm