न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड,५ बजे डाकियो बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड,५ बजे डाकियो बैठक



काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले साथ दिने भएको छ । 

जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । 

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार साँझ ५ बजे महासंघको कार्यालयमा पापडको बैठक डाकिएको छ । सो बैठकले बारले जारी राखेको आन्दोलनका विषयमा निर्णय गरेर अघि बढ्नेछ । 

पापडमा नेपाल बार, पत्रकार महासंघ, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल चिकित्सक संघ आवद्ध छन् । यी सबै संगठनले यसअघि सर्वोच्चमा भइरहेको आन्दोलनका विषयमा चासो राख्दै विज्ञप्ति जारी गरिसकेका छन् । 

प्रकाशित : २ मंसिर २०७८, बिहीबार १५:२२