३९७ जना नयाँ कोरोना संक्रमित थपिए,३८९ जना निको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

३९७ जना नयाँ कोरोना संक्रमित थपिए,३८९ जना निको

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३५५ जना र एन्टिजन परिक्षण गर्दा ४७ जना गरि जम्मा ३९७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३८९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको कोरोना परिक्षण गरेका थिए भने ९३ हजार ६९५ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार १६:५० 12 November, 2021 4:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।