काठमाडौं, ७ भदौ । वर्षौदेखि उच्च घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्यधिक सेवा सुविधा बढाएको हो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षता बसेको सञ्चालक समितिको बैठकले कर्मचारीलाई सुविधै सुविधा उपलब्ध गराएको हो । आजको राजधानी दैनिकबाट ।
Comment