रेमिट्यान्स कम्पनी र मनि चेञ्जरलाई चुक्तापूँजी बढाउन राष्ट्र बैंकको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रेमिट्यान्स कम्पनी र मनि चेञ्जरलाई चुक्तापूँजी बढाउन राष्ट्र बैंकको निर्देशन



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं  । रेमिट्यान्स कम्पनी र मनि चेञ्जर कम्पनीलाई चुक्तापूँजी बढाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार सम्बिन्धित संस्थाको नाउँमा परिपत्र जारी गरी चालू आर्थिक वर्षको मौद्रिक नीतिको लक्ष्य अनुरुप उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशन बमोजिम रेमिट्यान्स कार्य जारी गर्ने रेमिट्यान्स कम्पनीहरुले २५ करोड रुपैंया, प्रिन्सिपल कम्पनी भई कारोबार गर्ने रेमिट्यान्स कम्पनीले १० करोड रुपैंया चुक्ता पूँजी कायम गर्नुपर्नेछ । यसैगरी विदेशस्थित प्रिन्सपल कम्पनीको एजेन्ट भई कारोबार गर्ने कम्पनीले दुई करोड रुपैंया चुक्ता पूँजी कायम गर्नुपर्नेछ ।

निर्देशन अनुसार आगामी २०७४ असार मसान्तसम्म रेमिट्यान्स कम्पनीहरुले उक्त अनुपातमा चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

प्रकाशित : ६ भाद्र २०७३, सोमबार ०९:२५