निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियो : मुख्यमन्त्री पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियो : मुख्यमन्त्री पाण्डे



हेटौँडा । बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन् । 

प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले दुई तिहाइ नजिक बहुमत रहेका बेला संसद विघटन गर्ने निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् । 

एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै उनले निर्वाचित तानाशाह बनेका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए भने दुवै पटक सर्वाेच्च अदालतले संसदलाई पुनर्स्थापना गरेको थियो । 

सोही विषयलाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले ओलीलाई निर्वाचित तानाशाह भनेका हुन् । 

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको प्रस्तावमाथि अहिले प्रदेशसभामा मत विभाजन भइरहेको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल आवद्ध छन् । 
 

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार १७:२६