मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा मंगलबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा मंगलबार



काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने जनाएको छ ।

कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

साथै सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ५ र ८ को उपदफा थप गर्ने प्रस्ताव समेत पारित हुने जनाएको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार १४:०२