काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले नियुक्त भएको ९ महिना नबित्दै पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिसँग विवाद बढेपछि प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका हुन् । प्रसाईं २०७७ माघ २७ गते को सञ्चालक समितिको बैठकबाट सीइओ नियुक्त भएका थिए ।
अघिल्लो सीईओ झाको तुलनामा संस्थाको व्यवसायीक प्रगति खासै नघटेपनि बीमा अभिकर्ता तथा कतिपय आन्तरिक विवादहरु मिलाउन असफल भएपछि उनीमाथि सञ्चालकहरुले परफरमेन्समा प्रश्न उठाएपछि उनले राजीनामा दिएका हुन् ।
Comment