सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द



काठमाडौं। चितवनको भरतपुर महानगरपालिकास्थित १३२र११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत् आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउँसोबाट विद्युत् बन्द भएको हो ।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर बदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताए । उनले रातभरि मर्मतको काम गरिने उल्लेख गरे ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार २०:२८