राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा पाठक नियुक्त, गभर्नरले गराए शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा पाठक नियुक्त, गभर्नरले गराए शपथ



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा डा. बलराम पाठक नियुक्त भएका छन् । बैङ्क सञ्चालक समितिका अध्यक्ष पाठकले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका छन् ।

बैङ्क सञ्चालक समितिको सोमबार बसेको बैठकले डा. पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । राष्ट्रिय बिमा कम्पनीको सञ्चालक रहिसकेका डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्त्रगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेसामा आबद्ध हुनुहुन्छ ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर द्वय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, लगायत उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार २०:२१