उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १२ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले  हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट अनुमानेदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार रहेको लघुवित्तको ३२ प्रतिशतका दरले पाँच करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि चुक्ता पुँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ । कम्पनीले अघिल्लो वर्ष १७ दशमलव ८१५ बोनस सेयर दिएको थियो ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार ११:३८ 29 October, 2021 11:38 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।