काठमाडाैं । बजाज अटोले बजाज डोमिनार ४०० को अपडेटेड भर्सन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बजाज डोमिनारलाई अझै टुरर प्रेरित मोडलमा ल्याएको जनाएको छ । सो बाइकमा फ्याक्ट्री फिट टुरिङ एसेसरिजको जडान गरिएको छ जसले गर्दा सो बाइकमार्फत लामो दूरीको यात्रा गर्न सहज हुने छ । नयाँ बजाज डोमिनार नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनिले जनाएको छ । फ्रेस लुक दिइएको सो बाइक बाइक अरोरा ग्रीन र चारकोल ब्ल्याक कलरमा उपलब्ध छ ।
नयाँ बजाज डोमिनारमा नयाँ एशोसरिज थप गरेर सार्वजजिनक गरिएको छ जसमा ठूलो विन्डस्क्रिन, लगेज क्यारियर, ब्याक स्टपर र साथै फ्लेक्सी विङ्लेटले सुसज्जित जेट फाइटर इन्स्पायर्ड ह्यान्डगार्ड देख्न सकिन्छ । यसको साथै यसमा मेटल स्किड प्लेटको साथमा नयाँ इन्जिन बास प्लेट, नयाँ लेग गार्ड, नेभिगेसन सपोर्ट, युएसबी चार्जिङ पोर्ट, डिस्क ब्रेक र डुअल च्यानल एबीएस सिस्टम सहित अन्य फिचर समावेश गरिएको छ । कम्पनीले यसलाई फ्याक्ट्री फिटेड फिचरका रुपमा दिएको छ ।
बजाज डोमिनार ४०० मा ३७३ सीसी, सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ३५ वीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्दछ । यसमा ६–स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । बजाज डोमिनारको लम्बाई २१५६ एमएम, चौडाई ८१३ एमएम, उचाई १११२ एमएम र १४५३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १७ इन्चको अलोय ह्वील समावेश गरिएको छ । १५७ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो एसयूभीमा एलइडी हेड ल्याम्प, टेल ल्याम्प, एड्भान्स स्पिडोमिटर लगायतका फिचर्स छन् ।
बजाज कम्पनीले एशोसरिजसहितको मोडललाई स्यान्डर्ड भर्सनको रुपमा सार्वजनिक गरेको हो र सो बाइकलाई नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने जनाएको छ । यसको भारतीय मूल्य २ लाख १७ हजार रुपैयाँ तोकिएको छ भने नेपाली मुल्य भने सार्वजनिक हुन बाँकी नै छ । यसको इन्धन क्षमता १३ लिटर छ भने यसले २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
Comment