नयाँ लाइसेन्सको आवेदन यसै साताबाट खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

नयाँ लाइसेन्सको आवेदन यसै साताबाट खुल्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नयाँ सवारी अनुमति पत्र (लाइसेन्स)को आवेदन यहि साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलान लागेको हो । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्न लागेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताएका छन। 

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका सूचना अधिकारी भुसाल बताउछन।

स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ। कार्डका अभाव भएका कारणले ट्रायल पास र पुराना नविकरण गर्न दिएकाहरुको लाइसेन्स पनि प्रिन्ट हुन नसकेको उनले बताए । उनले भने, ‘हामीसँग कार्डको अभाव भएका कारणले लाइसेन्स वितरणमा समस्या आएको हो अब केहि दिनमा नै कार्ड आइपुग्छ त्यस पनि नयाँ र पुराना सबैलाई लाइसेन्स वितरण हुन्छ ।’

विभागले हाल १४ लाख लाइसेन्स नयाँ र पुरानालाई वितरण गर्न बाँकी रहेको छ । विभागका अनुसार यो १४ लाखलाई कार्ड वितरण गरेपछि भने नयाँ प्रविधिमा जाने तयारीमा रहेको छ । विभागका सूचना अधिकारीका अनुसार यो १४ लाख कार्ड वितरण गरेपछि भने हाल आएको नयाँ प्रविधिमा विभागले लाइसेन्स बनाउनका लागि तयारी गरिरहेको बताए । 

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार १५:०५ 24 October, 2021 3:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।