तामाङसहित १२ जनालाई ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तामाङसहित १२ जनालाई ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति



काठमाडाैं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई जिल्ला अदालत काठमाडौंले ५ दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले तामाङसहित सिभिल ग्रुप र सिभिल सहकारीका १२ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनीहरु १२ जनालाई निक्षेपकर्ताको ७० करोड रकम हिनामिना गरेको आरोप छ । अहिले उनीहरुविरु्द्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

त्यस्तै, ब्युरोका अनुसार ठगी गरेको आरोप उनीहरुविरुद्ध १३७ जना निक्षेपकर्ताले जाहेरी दिएका छन् । अझैँ अन्य निक्षेपकर्ताहरु आफ्नो रकम हिनामिना गरेको भन्दै जाहेरी दिन आइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार १६:४१