गुण सहकारी डुबाउने राजेन्द्र शाक्यको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गुण सहकारी डुबाउने राजेन्द्र शाक्यको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी



ब्रिटिश भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट हो ।

शाक्य गुण ग्रुपका अध्यक्ष हुन् । यो ग्रुप मार्फत घरजग्गा, सहकारी तथा गुण एअरलाइन्समा समेत लगानी छ । उनी एक दशकअघि ठूलो आर्थिक संकटमा परेका थिए । ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा समेत परेका उनको लगानी रहेको गुण सहकारीले तीन करोड ठगी गरेको भन्दै उजुरी परेको थियो । जुन रकम अहिलेसम्म निक्षेपकर्तालाई फिर्ता भएको छैन ।

अफशोर लगानीमा संलग्न शाक्यसँग टेलिफोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । अफशोर लगानीबारेमा पठाइएको सन्देशको पनि उनले प्रतिक्रिया दिएनन् ।खाेज पत्रकारिता केन्द्रबाट लिएको अंश

प्रकाशित : १८ आश्विन २०७८, सोमबार ०८:१३