काठमाडाैं । चुच्चेपाटी चाबहिलमा रहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि.को १२ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभा पूर्वअर्थ मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले ३० हजार भन्दा बढीको संख्यामा शहकारीहरु देशै भरि रहेको बताउँदै यो भिडमा शुभप्रभाले आफ्नो छुट्टै स्थान बनाउदै १२ वर्ष पुरा गरेकोमा बधाई तथा सफलताको शुभकामना दिए ।
कार्यक्रममा उत्कृष्ट शेयर धनी , उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणी तथा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शेयर धनीहरुलाई प्रमाण पत्र तथा नगद समेत प्रदान गरिएको सहकारीका मुख्य कार्यकारी निर्देशक सुवास खड्काले जानकारी दिए ।
Comment