आश्रय बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मानन्धर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आश्रय बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मानन्धर



काठमाडौं । काठमाडौंको ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सभाले प्रेम कृष्ण मानन्धरको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा बिश्व कल्याण बड्गामी र सदस्यहरुमा रमेश ध्वज बस्नेत, शान्त श्री रत्न बज्राचार्य, बिजय लाल श्रेष्ठ, किरण रत्न शाक्य, सोनी बज्राचार्य चयन हुनुभएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा बिमल श्रेष्ठ र सदस्यहरुमा शुर्बण लाल प्रधान र प्रबिण बहादुर सिंह रहेका छन् ।

आ.व. २०७७÷०७८ को अन्तसम्ममा संस्थाको शेयर पूँजी २ करोड ६५ लाख ३३ हजार ६ सय रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा १ करोड ३८ हजार रहेको छ । यस अवधिमा बचत (निक्षेप) २४ करोड ३२ लाख ७२ हजार, ऋण लगानी १५ करोड ३० लाख ८७ हजार रहेको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १६:५२