गाेकर्णेश्वर-६, जाेरपाटीमा प्रधान कार्यालय रहेकाे नेचुरल बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष शर्मिला अमात्यकाे सभापतित्वमा सम्पन्न साधारणा सभामा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीकाे प्रमुख आतिथ्यतामा रहेकाे थियाे ।
साधारणसभाले संस्थाका अध्यक्ष शर्मिला अमात्यले प्रस्तुत प्रतिवेदन प्रस्तुत गरेकि थिइन । संस्थाका सचिव विकल्प पाठकले प्रस्तुत गरे । बजेट तथा व्यवस्थापकीय प्रगति प्रतिवेदन, लेखा समितिका संयाेजक अच्युतम काफ्लेले प्र लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका सचिव तथा प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले संस्थाले प्रदान गर्ने सेवा समय सापेक्ष परिवर्तन गरिँदै लगिएकाे बताए । संस्थाले सदस्य केन्द्रीत व्यवसायिक गतिविधि गरी परिणाममुखी प्रविधिलाई प्राथमिकता दिँदै आएकाे बताए ।
आर्थिक वर्ष २०७७/०७८ काे असार समान्तसम्म संस्थाकाे सेयर पुँजी १२ कराेड ८६ लाख ८४ हजार ६ सय पुगेकाे छ । त्यस्तै साेही अवधिमा संस्थाले २ अर्ब ७ कराेड बचत संकलन, २ अर्ब ५ कराेड ६३ लाख लगानी, ३१ कराेड ७२ लाख कुल आम्दानी गर्न संस्था सफल भएकाे छ । त्यस्तै ३ कराेड ६० लाख ५२ हजार नाफा (कर व्यवस्था गर्नु अघिकाे) गर्न सफल भएकाे छ ।
अघिल्लाे आर्थिक वर्षकाे तुलनमा यश आर्थिक वर्षमा संस्थाले सेयर पुँजीमा १५.४१ प्रतिशत, बचतमा ५७.९५ प्रतिशत, कर्जामा ४४.०७ प्रतिशत, कुल आम्दानीमा ३०.५४ प्रतिशतले वृद्धि गरेकाे प्रमुख कार्यकारी सञ्चालक पाठकले जानकारी दिए ।
साधारणसभामा उत्कृष्ट प्रविधि प्रयाेगकर्ता सदस्य सम्मान, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी लगायतकाे विधामा सम्मान समेत गरेकाे थियाे ।
Comment