अध्यक्षमा खतिवडा,चुनाव नगराएको भन्दै रायमाझी असन्तुष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

अध्यक्षमा खतिवडा,चुनाव नगराएको भन्दै रायमाझी असन्तुष्ट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

उदयपुर। नेपाल निजामती कर्मचारी युनियन’ उदयपुरको अध्यक्षमा भगवती खतिवडा चयन भएकी छिन् । गाईघाटमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट खतिवडा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।

अधिवेशनले खतिवडा नेतृत्वमा दुई उपाध्यक्ष, सचिव र सहसचिव तथा ६ जना सदस्य तथा चारजना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । उपाध्यक्षमा पुष्पराज सापकोटा र सुशील भण्डारी चयन छन् भने सचिवमा उत्तम भट्टराई र सहसचिव रुद्र सापकोटा चयन भएका छन् ।

निवर्तमान उपाध्यक्ष रहेका रायमाझीले आफू पनि लामो समयदेखि युनियनमा बसेर काम गर्दै आएको, तर अहिले लोकतान्त्रिक प्रक्रियामार्फत अध्यक्षमा प्रतिस्पर्धा गराउन खोज्दा सर्वसम्मत गर्ने नाममा आफूलाई चुनावी प्रतिस्पर्धामा भाग लिनबाटै बञ्चित गरेको गुनासो गरे ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार १२:१० 3 October, 2021 12:10 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।