जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै



काठमाडौँ । टिभियस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले सेलिब्रेसन राइडको आयोजन गरेको छ ।

कम्पनीले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरू पुगेको माइलस्टोनलाई मनाउनका लागि सबै एनटर्किएनका निम्ति आयोजना गरेको हो ।

यो राइड असोज १६ गते नक्सालको टिभिएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ । लाइभ म्युजिक, मनोरञ्जक खेलहरू र सहभागीहरूसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ ।

लाइसेन्स भएका सबै एनटर्किएनहरूले जगदम्बा मोटर्स टीभीयसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् ।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लूटूथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । टिभियसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार १६:०९