आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो १२ कात्तिकमा साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो १२ कात्तिकमा साधारणसभा



काठमाडौं । इमर्जिङ नेपालले आगामी १२ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभामा कम्पनीको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने लगायतको प्रस्ताव छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा छन् । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणमा पाँच लाख ५५ हजार ६ सय कित्ता ससाधारण सेयर आईपीओ जारी गर्न गत असार १७ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बोर्डबाट सेयर जारी गर्न अनुमति पाएपछि मात्र उक्त कम्पनीको साधारण सेयर बिक्रीमा आउनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल तोकिएको छ ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार ११:२८