एकीकृत समाजवादीको पार्टी संरचना : केन्द्रीय कमिटी ३०१, पोलिटब्युरो ७१, स्थायी कमिटी ३५ सदस्यीय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एकीकृत समाजवादीको पार्टी संरचना : केन्द्रीय कमिटी ३०१, पोलिटब्युरो ७१, स्थायी कमिटी ३५ सदस्यीय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको संरचना टुंग्याएको छ । पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना टुंग्याएको हो ।

बैठक समापनपछि बिहीबार पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारीअनुसार माधवकुमार नेपालको नेतृत्वमा केन्द्रीय कमिटी तीन सय एक रहनेछ ।

यस्तै पोलिटव्युरो ७१ र स्थायी कमिटी ३५ सदस्यीय बनाइएको उनले जानकारी दिए ।

अध्यक्षमा नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र जयन्ती राई चयन भएका छन्।

महासचिव डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वालालाई बनाइएको छ ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ र राजेन्द्र राईलाई चयन गरिएको उनले जानकारी दिए ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १५:३२