युनाइटेड इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

युनाइटेड इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले इन्फरमेशन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर एक जना कर्मचारी माग गरेको छ । त्यस्तै, मार्केंटिङ डिपार्टमेन्ट अन्तर्गत कर्पोरेट म्यानेजर, क्लस्टर हेड, ब्रान्च इन्चार्ज।म्यानेजर, जुनियर अफिसर।अफिसर।सिनियर अफिसर र जुनियर असिस्टेन्ट।असिस्टेन्ट।सिनयर असिस्टेन्ट केही संख्यामा माग गरेको हो ।

साथै अन्डरराइटिङ डिपार्टमेन्ट अन्तर्गत जुनियर अफिसर।अफिसर।सिनियर अफिसर र जुनियर असिस्टेन्ट।असिस्टेन्ट।सिनियर असिस्टेन्ट केही संख्यामा कर्मचारी माग गरेको छ ।

सो पदका लागि कम्पनीले शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेको इच्छु्क व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १२:५१