परराष्ट्र मन्त्री खड्काको शपथ १ बजे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

परराष्ट्र मन्त्री खड्काको शपथ १ बजे



काठमाडौं । परराष्ट्र मन्त्रीमा नियुक्त भएका कांग्रेस नेता डा. नारायण खड्काको शपथ आज दिउँसो १ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासले दिउँसो १ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सरकारले खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेको जानकारी आजै राष्ट्रपति कार्यालयलाई गराइसकेको छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि खड्का आज राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम तय भएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ११:३७