देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ।

हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन्। पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो

प्रकाशित : ३ आश्विन २०७८, आइतबार १७:१८ 19 September, 2021 5:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।